जात

जातीय दुर्गन्ध,
व्यक्ति घर परिवार हुँदै फैलियाे समाज
रङ, काम र नामकाे पछाडि जाेडिएकाे थरले
धेरैकाे मनमा भरेकाे छ डर
मलाई याे समाजले सिकाएकाे पाठ
फैलिएकाे याे जातीय प्रचारकाे दुर्गन्धले सताएकाे छ
कतै हैजा जसरी महामारीको रूप त लिने हाेइन ?
सिप चल्छ, ज्ञान चल्छ सबै चल्छ
याे समाजमा ऊ व्यक्ति कसरी अछुत हुन्छ ?
हे मानव एउटा प्रश्न छ
सबै कुरा छाेडेर अन्तरमनबाट हेर्दा के देख्छस् ?
मानव भन्दाे हाे मेराे ठुलाे जात ,राम्रो धर्म, विद्वान् छु
सबै कुरा छ मसँग ।
प्रश्न थप्न चाहान्छु म अनि मानवता ?
बिउँझदाे हाे ऊ घमन्डकाे स्वर्णिम सपनाबाट ।
सत्य, असल इमान्दारिताकाे उपज खाेजिरहेछ
समाज, देश सबैले
बाैद्ध मान्नेले, ईश्वर र जिजस मान्नेले,
बाैद्धलाई कसरी घृणा गर्न सक्छ?
जात धर्म आदिकाे टेकाे लगाएर
मानवताकाे खिल्ली उडाउँदै जानेहरूलाई
इमानदारिताकाे पाठ पढाइदेऊ ।
प्रतिकृया दिनुहोस्