March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार

यहाँ

बिबेक कटुवाल 
इटहरी -२, सुनसरी 
सामान्य चिकित्सा दोस्रो बर्ष  
मदन भण्डारी मेमोरियल एकेडेमी, ताराबारी झापा 

बलात्कार, हत्या घुस खाएसि दोषी छुटिहाल्छन् यहाँ
नेता र ठेकेदारहरूको साँठगाँठले मजदुर चुटिहाल्छन् यहाँ ।

अप्ठ्यारामा राहात बाँढ्दा उल्टै समातिन्छन् यहाँ
नेता आफू खान पाए काम नगरी मातिन्छन् यहाँ ।

आज खुलेआम छोरीचेलीको अस्मिता लुटिन्छ यहाँ
२१औँ शताब्दीमा नि छुवाछुत र जातपातमा दलित कुटिन्छन् यहाँ ।

पार्टीभित्रै खिचातानी आफ्नै समूह फुटिहाल्छ यहाँ
जनता झुक्याउँदै विदेशीलाई बेच्दै देश लुटिहाल्छन् यहाँ ।

विकास न त आफू  गर्छन् न अरूलाई  गर्न दिन्छन् यहाँ
ठुलै काम गरेँ भन्दै आफैँ आफैँ तातिहाल्छन् यहाँ ।

घुसखोरीको लहरो तलदेखि माथिसम्म गाँसिन्छ यहाँ
ठुलै गल्ती गरे पनि आफू बच्‍न झुटहरू सच्चिहाल्छन् यहाँ ।