June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

उनी आमा हुने तय भए पछि

बिपिन तिवारी 
bipintiwari655@gmail.com
सिक्किम भारत

नौ महिनाको रजस्वला धारा जब 
बन्द भयो
एकान्तवासबाट तटस्थ 
खसिन उनी
रगतको काँचो 
ढिक्का ढिक्का बन्नेर 
एक नवजात भ्रूण सङ्ग ।।

अनि स्तनबाट बग्रेल्ती बग्यो
मल मल दूधको धारा 
तब उनी आमा बनिन् ।।

जीवन भित्रको
 मृत्युपर्यन्त
आयुमा तम-तमाम
 बगिन् 
अनि 
आलोआलै जागिन उनी ।।

जीवन एक देनको 
प्रणसँग
एक जात शिशुको 
निश्चित सिसिमहल आमा भएर
पुनः 
फलिन् फुलिन्
अनि फैलाइन् 
आमा हुनुको मलिलोपन ।।