December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

कविता प्रतियोगितासम्बन्धी सूचना !

२०७९ सालको भानु जयन्तीका अवसरमा झरना सञ्चारले आयोजना गरेको निम्‍नानुसार प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिन्छ :

  • कार्यक्रम : कवितावाचन प्रतियोगिता (आफैँले रचना गरेको कुनै पनि शीर्षकको कविता)
  • आयोजक : झरना सञ्चार
  • विषय : खुला कवितावाचन 
  • सहभागी : कक्षा ८, ९ र १० का विद्यार्थी 
  • किसिम : Video प्रतियोगिता (सहभागीहरूले कुनै पनि विषयमा कविता रचना गरी वाचन गरेर भिडियो बनाई पठाउनुपर्ने)
  • भिडियो पठाउनुपर्ने मिति र माध्यम : २०७९ असार १० गतेसम्ममा jharanasanchar@gmail.com वा viber 9841370393 मा 
  • स्क्रिप्ट पठाउनुपर्ने : प्रतियोगी विद्यार्थीले भिडियोका साथमा कविता टाइप गरेर अथवा प्रस्ट बुझिने अक्षरमा लेखी प्रस्ट बुझिने फोटो खिची २०७९ असार १० गतेसम्ममा पठाउनुपर्ने
  • प्रतियोगीले खुलाउनुपर्ने विवरण : प्रतियोगीको नाम, ठेगाना, सम्पर्क नम्बर, email, अध्ययनरत विद्यालयको नाम र कक्षा
  • सर्टलिस्ट : प्राप्त भएका video को उपयुक्तता र सान्दर्भिकता मूल्याङ्कन गरी सर्टलिस्ट तयार गर्ने, सर्टलिस्टमा परेका video मात्र प्रतियोगिताका लागि झरना सञ्चारको Youtube Channel मा प्रसारण गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने
  • प्रथम पुरस्कार नगद रु. १५००।– (एक हजार पाँच सय) र प्रमाण पत्र
  • द्वितीय पुरस्कार नगद रु. १२००।– (एक हजार दुई सय) र प्रमाण पत्र
  • तृतीय पुरस्कार नगद रु. १०००।– (एक हजार) र प्रमाण पत्र
  • लोकप्रिय पुरस्कार : नगद रु. १०००।– (एक हजार) र प्रमाण पत्र (Youtube Channel मा सर्वाधिक Views, Likes, Subscribes, Comments भएको तर उत्कृष्ट तीनअन्तर्गत नपरेको 
  • सान्त्वाना : दुई जनालाई नगद रु. ५००।– (पाँच सय) र प्रमाण पत्र
  • मूल्याङ्कन विधि : Views, Likes, Subscribes, Comments लाई १०% र सम्बोधन ‍, विषयवस्तु, भाव, लय ,प्रस्तुति, भाषाशैलीलाई ९०% अङ्क छुट्याइने 
अङ्कवितरण
शीर्षकअङ्क
Views
Likes
Subscribes
Comments
सम्बोधन
विषयवस्तु र भाव१५
प्रस्तुति (गति, यति र लय)१५
बिम्ब, प्रतीक
भाषाशैली
पूर्णाङ्क५०

*Subscribes भन्नाले सो Video मार्फत Channel ले प्राप्त गरेको Subscriber सङ्ख्या भन्ने बुझ्नुपर्ने 

  • समयावधि : Video प्राविधिक मूल्याङ्कनको समय २०७९ असार १८ गते बिहान १० बजेदेखि २०७९ असार २४ गते बिहान १० बजेसम्म मान्य रहने अर्थात् यही समयावधिभरिमा प्राप्त Views, Likes, Subscribes, Comments अनुसार अङ्क प्रदान गरिने
  • Youtube Video Link : असार १८ गते बिहान १० बजे पठाइएको Youtube Video Link सम्बन्धित प्रतियोगीले आफ्नो  Facebook मा राख्‍न सक्ने 
  • अन्तिम निर्णय : मूल्याङ्कमसम्बन्धी अन्तिम निर्णय निर्णायक मण्डलको हुने
  • नतिजा प्रकाशन तथा पुरस्कार वितरण : २०७९ असार २५ गते मङ्गलबार साँझ ८ बजे झरना सञ्चारले आयोजना गरेको Virtual (google meet) कार्यक्रममा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिने
  • पुरस्कार वितरण : नतिजा प्रकाशनका साथै सोही दिन बैङ्क खातामार्फत नगद पुरस्कार र Email मार्फत प्रमाणपत्र वितरण गरिने छ ।

झरना सञ्चार