आमा
![](https://jharanasanchar.com/wp-content/uploads/2021/09/सम्पदा-नेपाल.png)
कक्षाः ७
आदर्श जनप्रेमी स्कुल
कौशलटार, भक्तपुर
जन्म दिई संसारलाई चिनाउने तिमी
आफूभन्दा सन्तानलाई माया गर्ने तिमी ।
आफू रोई सन्तानलाई हँसाउने तिमी
आफू नखाई सन्तानलाई खुवाउने तिमी ।
सन्तानको हँसाइमा हाँस्ने आमा तिमी
सन्तानलाई पीडा हुँदा आँसु झार्ने तिमी ।
तिम्रै न्यानो काखमा सुख पाउँछु मैले
तिमी जस्तो सुन्दर संसार देख्या छैन मैले ।
तिम्रै सुन्दर संसारमा हाँस्न पाऊँ मैले
तिम्रै न्यानो अँगालोमा बेर मलाई अहिले ।
ममताको खानी तिमीजस्तो संसारमा छैन
तिमीजस्तो सुन्दर वस्तु संसारमा छैन ।
लेखकको सम्वन्धमा