February 27, 2024, Tuesday
२०८० फाल्गुन १५, मंगलवार

अखिर के रहेछ र जीवन !

दिपिका भण्डारी
कक्षा :११
विश्व निकेतन मा.वि. त्रिपुरेश्वोर , काठमाडौं 
 
कति अनौठो छ यो जीवन 
कसैको जीवन पिरले भरिएको त
कसैको जीवन आँशुले रेटिएको
कसैको जीवनमा भने उमङ्ग नै उमङ्ग भेटिएको ।
 
सन्तुष्टि छैन कसैमा पनि
कोही भौँतारिए सुखको खोजीमा
अनि कोही निरन्तर लागिरहे
लक्ष्यमा पुग्छु भनी ।
 
यसरी नै चलिरहन्छ यो जीवन
कोही सुख खोजी रहन्छन्
कोही आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छन् 
कसैले सन्तुष्टि प्राप्त गर्छन्
कोही सधैं असन्तुष्ट हुन्छन् ।
 
अखिर के रहेछ र जीवन ?
सन्तोषम परम सुखम ।।