March 31, 2023, Friday
२०७९ चैत्र १८, शनिबार

चुनावी माहोल

कृति पोखरेल
घटराज मेमोरियल स्कुल
कक्षा-१०

चुनाव आयो भन्दै कराउँदै 
यी गल्लीका अबोध जनताहरू
नयाँ जाँगर,जोस र उमङ्गका आशा गर्न नसोच्नेहरू
खोल्सा अनि खोल्सीमा हराभरा पार्नु रहेनछ यिनलाई
सधैँ उही एक टुक्रा रोटी र विकासको कल्पनामा बाच्नुरहेछ तिनलाई

खै ! आशा पनि के गर्छन् र आस्था राख्छन् ती नेतामा
जसको दृष्टि समृद्धिका लागि केवल एउटा भोट हो
जसको सोचाइ समृद्ध हुन अपुग हुनेभो
चुनावका बेला भोट माग्न दैलो दैलो धाउँछन्
अनि, झुठा आश्वासन दिई ती वृद्धवृद्धासँग मत माग्छन्

समाज रूपान्तरण गर्न र जागृत बन्न 
नेताको होइन जनमानसकै पहिलो कर्तव्य रहेछ,
समाजको मुहार फेर्न अब 
हाम्रालाई होइन राम्रालाई भोट हाल्नु नै पर्नेरहेछ।।।

सजातीय, सत्यनिष्ठा र न्यायका प्रतिमूर्ति रहेका अगुवा हुन् 
जसमा प्रकृति र संस्कृति चलायमान गर्ने क्षमता होस् 
परचक्री नबनी समस्या हल गर्ने एउटा महान् व्यक्तित्व बनून्

व्यवस्थापनदेखि लिएर कार्यमूलकसम्म
कानुनउल्लङ्घनदेखि कानुन बनाउनेसम्म 
अरूलाई आफ्नो कर्तव्यको बोध गराउने 
जटिलतालाई सुल्झाउने र भ्रस्टचारीलाई हटाउने 
समृद्ध, सुखी राज्य घोषित गर्ने 
एउटा खोट नभएको नेतालाई मात्र हाम्रो अमूल्य भोट ।