धरणीको पुकार

जति पाउँछ हे अवकाश यहाँ ।
धरणी हुनथालिसक्यो मरुझैं
तर अन्धसमान छ लोक यहाँ ।। १ ।।
सुरुमा सजल स्थल स्वस्थ थियो
हरियो वनको छवि मस्त थियो ।
परमात्मनको रचना रसिलो
अब खेद छ त्यो त विलीन भयो ।।२।।
सुन पुत्र ! तिमी जननी त हु म
किन बिर्सिगयौ यति द्रूत यहाँ ।
किन मिच्छिगयौ स्तनपान गरी
विषतुल्य विकास गरेर यहाँ ।। ३ ।।
न छ जाति तिमीसँग यो स्थिति है
छ अझैं समय स्थिर पार जगत् ।
जति भूल भए अनजान भई
गर भूल सुधार छु साथ यहाँ ।। ४।।
जननी हुनुको अभिशाप भनूँ
सुत गर्दछ भूल म चुप्प रहूँ ।
सब भार सहेर म मौन बसे
न त टर्दछ यो विधिको नियति ।। ५ ।।
सब वस्तु यहाँ स्थित छन् विधिमा
उदयास्त रवि स्थिर छन् विधिमा ।
विधिमैं स्थिर छन् गिरि शैल पनि
मुटुको गति सम्म छ यो विधिमा ।। ६ ।।
सुन पुत्र म गर्दछु स्नेह अति
तर सक्दिन छल्न परिस्थिति है ।
यदि भूल गर्यौ जननीप्रति हे
बुझ नष्ट भयो अब लोक पुरै ।। ७।।
लेखकको सम्वन्धमा