January 18, 2026, Sunday
२०८२ माघ ५, सोमबार

गजल

ताम झामसँग पहिलो पटक भेटेको सम्झिएँ
नजिक नजिक उस्तै माटोमा टेकेको सम्झिएँ।।

सम्बन्ध घनिष्ठ बन्दै गएपछि फेरि फेरि 
हररात हरनिद सपनामा देखेको सम्झिएँ।।

घाउ र चोटको दर्द सहन गारो भएको बेला
प्रियझैं कोमल स्पर्शले सेकेको सम्झिएँ ।।

स्वार्थ साध्नु पर्ने समय आउँदै गएपछि
केही केही पुराना पदचाप मेटेको सम्झिएँ ।।

सुविधाको पद प्राप्त गर्ने समय ट्याक्क आएपछि
पाइनवाला धारले अनायास आर्सी रेटेको सम्झिएँ ।।