माटाे

अन्तिममा पनि माटाेमै मिलने हाे खरानी भै आखिर ।।
माटाेमै खेलने माटाेमै डुलने माटाेबिना के छ र !
माटाकाे त बयान गरेर अहिले कसले त नि सक्छ र !!
माटामै फल्छ अन्नपात जति छन् मानिसकै खातिर
रुख पात लहरा माटाेमानि भए उम्रे बढे आखिर ।।
पानी कुद्दछ माटाेमा नै सलल खाेला र नालाहरू
माटाामा सब प्राणी जीवित रहे चौरासी लाखौंहरू।।
माटामै घर छन् ठुला महल हाेस् साना झुपडी पनि
माटामै बनेका ती मन्दिरहरु गरिन्छ पूजा अनि ।।
माटाामै जाेतने माटामै खनने माटामा नै काम छ
माटामै गुड्ने ती गाडीहरू छन् पुग्ने जुनै ठाँउ छ ।।
माटामै छ रजाइँ लडाइँ गरने तेराे र मेराे भनी
माटाामै कुल्चने माटाामै थुकने माटामा फाेहाे र अनि ।।
माटाे बिक्री हुने फरक भाउमा सहर र गाउँतिर
भेदभाव किन हाे गरेको यसरी मान्दै छ माटाे पिर ।।
माटाे भन्दछ गाउँका सब जना छाेडेर कहाँ गए ?
माटाे रुन्छ सहरमा अति बढे थामी नसक्ने भए ।।
माटााकाे महिमा अपार छ यहाँ काे सक्छ र बुझन ?
माटाे आमासरि माया गरिरहुँ देउतासरि पूजन ।।
विद्वान् सज्जन मूर्ख जाेसुकै हउन यही माटाामा बस्तछ्न्
माटाामाथि बढे पढे अघि सरे कमाउनमा मस्त छन् ।।
माटाे प्राणसरि माया गरिरहुँ हाे अन्न दाता भनी
सधैंभर पुजिने देउता नि बुझिने माटैमा ढुङ्गा पनि।।
लेखकको सम्वन्धमा