April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सोच

प्रगति मेरो ईर्ष्याको भेल उत्सव हारमा
सपना कयौँ दबिए मेरा पाइला मारमा
सुनौला मेरा आकांक्षा सारा गरिए संहार
समाज कस्तो सहनै पर्ने बोलीको प्रहार ।
 
चाहाना मेरो स्वतन्त्र बाँच्ने जीवन बुझेर
भुमरी भयो सबैको सोच बस्दछु अल्झेर
कलाको सम्मान दाँजिन्छ कहाँ अमूल्य भाउमा
विश्वास कस्को गरूँ म यहाँ पैसाको गाउँमा ।
 
वर्षाको ऋतु जीवन मेरो खडेरी लाग्छ कि !
कल्पना मेरा विशाल नदी सुकेरै जान्छ कि !
अमूल्य मेरो जीवन यात्रा खुलेर बाँच्नुछ
त्यागेर सारा नराम्रा सोच शिखर पुग्‍नुछ ।