गजल

बिएस्सी एजी
फस्ट सेमिस्टर
रामपुर
एक दिन त सबैको, पालो आउला याद राख्नु
गोरो गएपछि फेरि, कालो आउला याद राख्नु ।।
सम्म बाटो पाएँ भनी, आँखा चिम्ली दगुर्नु हुन्न
हिँड्दै जाँदा गन्तव्यमा, भिरालो आउला याद राख्नु ।।
‘अर्चना’लाई फूल-प्रसाद, खोजी शुद्ध राखे पनि
जुठो पार्न भनी हजुर, बिरालो आउला याद राख्नु ।।
लेखकको सम्वन्धमा