January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

बाबाबिना के छ र !

कस्मिना ढुङ्गाना

पुष्पलाल मेमोरियल कलेक

कक्षा : ११

बाबा सन्ततिका धरोहर बनी धान्ने भए सिर्जना

बाबा कर्महरू धरादीप हुँदै सारा बन्यौ तिर्जना ।

सिङ्गो आकृति मिल्छ बाबा हुनाले सिर्जेर धेरै कुरा

गर्छन् काम बनेर जालजसरी आफैँ हुँदैमा पूरा ।

बाँझो मार्नुपरे उनै सहजले हुन्छन् खडा खेतमा

भित्रिन्छन् अनमोल अन्न खजना बाँडिन्छन् सन्तानमा ।

बाबाका पसिना भिजेर घरमा बल्ने छ चुह्लो पनि

खाना बन्छ भरेर बल्ल त्यसरी भोकाहरू छन् भनी ।

झिक्छन् शक्ति उनै बनेर भवका चट्टान फोनै नदी

नम्लाको बरियो लिएर उनले बोक्छन् पहाडै कति ।

बाबा खेत हुँदै गरा अफिसमा पुग्छन् बनी जागिरे

कोही सर्नुपर्यो पठाउन भनी छाकै त राए भरे ।

बाबा नै पहिलो पवित्र गुरु हुन् सहास झिक्ने सधैँ

षष्टी कष्ट सहेर पुग्छन् सदा विक्षिप्त खास नभै ।

ठेला उठ्दछ हातमा करकरी दुख्दै छ त्यही तर

जुत्ता फाट्दछ घोट्टिँदा घरि घरि बाबाबिना के छ र !