June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

प्रयोगकर्ताहरूको सेवामा विशेष ध्यान दिँदै भिभो

झरना सञ्चार, २९ वैशाख २०७९  

स्मार्टफोनको विश्वव्यापी ब्रान्ड,  भिभोले ग्राहकहरूलाई विशिष्ट सेवा प्रदान गर्न लागेको छ । कम्पनीबाट प्राप्त जानकारीअनुसार आफ्ना ग्राहकलाई लक्ष्यित गरी प्रत्येक महिना २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ मनाइँदै छ । यसमा ग्राहकहरूले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सकिने छ ।

यसै गरी कम्पनीले आफ्ना ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गरेको छ ।  निःशुल्क स्मार्टफोन सर्भिसिङ र क्लिनिङ, शून्य श्रम लागतमा मर्मत, हार्डवेयरमा समस्या आएमा ३० दिनको एक्सचेन्ज अफर, निःशुल्क प्रोटेक्टिभ फिल्म, फ्री ओएस अपडेटलगायत निःशुल्क सेवाहरू लिन सकिने छ । यस कम्पनीले ग्राहकहरूलाई आफ्ना सेवा केन्द्रबाट वारेन्टी सेवा प्रदान गर्दछ ।

आफ्ना ग्राहकलाई सबैभन्दा ठुलो पुँजी मान्ने भिभोले ग्राहकको सन्तुष्टिलाई निरन्तर रूपमा सुनिश्चित गर्ने प्रयास गरेको छ । साथै स्थानीय ग्राहकहरूको आवश्यकता र चाहना बुझेर बिक्रीपछिका सेवाहरूलाई स्तरोन्नति गर्न कम्पनी लागि परेको छ ।

भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, “भिभोले ग्राहक केन्द्रित र जिम्मेवार ब्रान्डका रूपमा आफ्ना प्रिय प्रयोगकर्ताहरूलाई झन्झटमुक्त खरिद अनुभव प्रदान गर्दै ग्राहक सुरक्षा र सुविधा सुनिश्चित गर्न निरन्तर रूपमा काम गर्दै आइरहेको छ । उपभोक्ताहरूले विगतमा हाम्रा पहलहरूलाई सकारात्मक प्रतिक्रिया दिएका छन्, र हामी नेपालमा भिभो स्मार्टफोन प्रयोगकर्ताहरूका लागि विशिष्ट अनुभव सिर्जना गर्न सक्षम भएकोमा खुसी छौं । हामीले हाम्रा उत्पादनहरू र सेवाहरू उपभोक्ताहरूलाई चाँडोभन्दा चाँडो डेलिभर गर्ने र उनीहरूका प्रश्नहरूलाई छिटोभन्दा छिटो समाधान गर्ने लक्ष्य राखेका छौं ताकि प्रयोगकर्ताहरूले हाम्रा अर्थपूर्ण, नवीन उत्पादन र मूल्य अभिवृद्धि सेवाहरूबाट लाभान्वित हुन सकुन् । भिभोले ग्राहकहरूलाई हरेक सुख दुःखमा समर्थन गर्दै उनीहरूलाई उत्कृष्ट अनुभवहरू प्रदान गर्ने छ ।”

भिभोले काठमाडौं, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना चार शाखाहरूमार्फत राष्ट्रिय स्तरका ग्राहकहरू माझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रूपमा सुदृढ गरेको छ ।

उपभोक्ता–केन्द्रित ब्रान्डको रूपमा, भिभोले बिक्रीपछिको सेवाहरूमा विशेष ध्यान केन्द्रित गर्दै आफ्ना ग्राहकहरूलाई स्मार्टफोन प्रयोगको प्रत्येक चरणमा सहयोग गर्ने प्रयास गर्दछ । बेन्फेन दर्शनलाई पछ्याउँदै, भिभोले आफ्नो काम र व्यवसायका लागि स्मार्टफोनमा निरभर उपभोक्ताहरूलाई खरिद गर्न सजिलोसँग समर्थन र सशक्तिकरण गर्ने र तिनीहरूलाई अत्याधुनिक प्रविधिहरूमा निर्बाध पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ ।

भिभो सर्भिस र अन्य विविध जानकारीका लागि भिभोको आधिकारिक वेबसाइट हेर्न वा १८००००१०१६८ (एनटीसी प्रयोगकर्ताहरूको लागि मात्र टोल फ्री) वा ०१४२५७४२० मा सम्पर्क गर्न सकिन्छ ।