सफलताको खोजीमा

प्रसादी एकेडेमी
कक्षा :११
सफलताको खोजीमा निस्किएको यात्री म
मेरो घर,
बुबाआमा र आफन्तको साथ छाडेर
जति जति यात्रा अघि बढ्छ
उति उति असफलताले पछ्याइरहेछ
यो सहरमा
मेरा आकाशमाथि
निराशाको कालो बादल दौडिरहेछ
क्षितिज नियाल्छु
आज त सफलताका किरणहरू देखिएलान् कि भनेर
त्यहाँ पनि असफलताको भिड देख्छु
हाँसो र रुवाइ भरिएको मेरो हृदय
सम्हाल्छु सकेसम्म
तर,
आँखा रसाउँछन् निरन्तर
भगवान्को मन पनि किन निष्टुर !
सायद
सफलताका खोजीमा दौडिने म
मलाई नै खोज्न सकिरहेको छैनँ
आफैँलाई चिन्न सक्ने हो भने
आफैँलाई खोज्न सक्ने हो भने
पक्कै मेरा अगाडि उभिने छ सफलता
अब म सफलता होइन
आफैलाई खोज्छु
आफैँलाई भेट्छु
आफैँलाई चिन्छु
अनि सफलताले साथ दिने छ मलाई
सधैँ सधैँलाई ।
लेखकको सम्वन्धमा