आमा

तिम्रो त्यो काख
दुःखका सागरले जति चिस्याए पनि
तिम्रो त्यो कोमल शरीरलाई
बचाइराखेकी छौ
तिम्रो काखको न्यानो
तिम्रा हरेक सन्तानलाई
कति विशाल छ आमा
तिम्रो त्यो मायाको छहारी
पिरहरूका असह्य तापले जति जलाए पनि
तिम्रो त्यो कोमल मनलाई
बचाइराखेकी छौ
तिम्रो त्यो मायाको शीतलता
तिम्रा हरेक सन्तानलाई
कति अटल छ आमा
तिम्रो त्यो शरीर
हरेक वसन्तले जति गलाए पनि
तिम्रो त्यो कोमल शरीरलाई
बचाइराखेकी छौ
क्षमता
लडेका बेला उठाउन
तिम्रा हरेक सन्तानलाई ।
लेखकको सम्वन्धमा