April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार

सपना सँगै उडेँ

निशा रोका
मनोहर माध्यमिक विद्यालय
कक्षा : १२
 
धन कमाउने आशामा खाडी मुलुक आएँ
व्यक्त गर्न सक्दिनँ कति दुःख पाएँ
बोक्छु भारी उठ्छ आमा हातभरि ठेला
जति काम गरे पनि पाउँछु सधैँ हेला ।
 
 
भन्थ्यौ आमा पहिले राम्रोसँग पढ
असल मान्छे भई सधैँ अघि अघि बढ
थाहा थिएन आमा, संसारै छ ठुलो
श्रम बेच्दाबेच्दै भएँ, पैतालाको धुलो ।
 
तिम्रो बोली रुखो लाग्थ्यो सम्झाउँदा मलाई
पर्देशमा बाँचेको छु मुटु जलाई जलाई
याद आउँछ आमा तिम्ले खाना पकाएको
निहुँ खोजी तिमीसँग घुर्की लगाएको ।
 
गाह्रो रैछ थाहा पाएँ यहाँ कमाउन
व्यर्थै सपना देखेँ मैले सुखमा रमाउन
गर्छु अब आफ्नै देशमा राम्रोसँग काम
पैसा फल्छ विदेशमा भनी नपरौँ है भ्रम ।