December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

प्रतियोगिता सम्बन्धी सूचना

भगवान् सबैतिर आफैँ पुग्न सकेनन् त्यसैले उनले आमा बनाएर पठाए । 

रुडयार्ड किप्लिङ

‘आमा’ शीर्षक वक्तृत्वकलामा भाग लिऔँ, नगद पुरस्कार जितौँ

२०७९ सालको मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा Infer Education Network को प्रायोजनमा झरना सञ्चारले आयोजना गरेको निम्‍नानुसार प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिन्छ ।

  • कार्यक्रम : वक्‍तृत्व कला प्रतियोगिता
  • आयोजक : झरना सञ्चार
  • प्रायोजक : Infer Education Network
  • विषय : आमा 
  • सहभागी : कक्षा ११ देखि स्नातकसम्मका विद्यार्थी 
  • किसिम : Video प्रतियोगिता (सहभागीहरूले ‘आमा’ विषयक वक्‍तृताको ५ मिनेटसम्मको भिडियो बनाउनुपर्ने)
  • भिडियो पठाउनुपर्ने मिति र माध्यम : २०७९ वैशाख ५ गते सम्ममा jharanasanchar@gmail.com वा viber 9841370393 मा 
  • खुलाउनुपर्ने विवरण : प्रतियोगीको नाम, ठेगाना, सम्पर्क नम्बर, email, अध्ययनरत संस्थाको नाम र तह वा कक्षा
  • shortlist: प्राप्त भएका video को उपयुक्तता र सान्दर्भिकता मूल्याङ्कन गरी सहभागिताको shortlist तयार गर्ने, shortlist परेका video मात्र प्रतियोगिताका लागि  झरना सञ्चारको Youtube Channel मा प्रसारण गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने
  • प्रथम पुरस्कार नगद रु. ३०००।– (तीन हजार) र प्रमाण पत्र
  • द्वितीय पुरस्कार नगद रु. २०००।– (दुई हजार) र प्रमाण पत्र
  • तृतीय पुरस्कार नगद रु. १०००।– (एक हजार) र प्रमाण पत्र
  • सान्त्वाना पाँच जनालाई नगद रु. ५००।– (पाँच सय) र प्रमाण पत्र
  • मूल्याङ्कनविधि : Views, Likes, Subscribes, Comments लाई २५% र संवोधन, विषयवस्तुको ज्ञान, प्रस्तुतीकरण, भाषाशैली, हाउभाउ र समापनलाई ७५% अङ्क छुट्याइने 

अङ्कवितरण

शीर्षकअङ्क
Views
Likes१०
Subscribes
Comments
संवोधन
विषयवस्तुको ज्ञान२७
प्रस्तुतीकरण१५
भाषाशैली१२
हाउभाउ
समापन
पूर्णाङ्क१००

*Subscribes भन्नाले सो Video मार्फत Channel ले प्राप्त गरेको Subscriber सङ्ख्या भन्ने बुझ्नुपर्ने 

  • समयावधि : Video प्राविधिक मूल्याङ्कनको समय २०७९ वैशाख १० गते राति १२ बजेदेखि २०७९ वैशाख १६ गते राति १२ बजेसम्म मान्य रहने अर्थात् यही समयावधिभरिमा प्राप्त Views, Likes, Subscribes, Comments अनुसार अङ्क प्रदान गरिने
  • Youtube Video Link : सम्बन्धित प्रतियोगीले २०७९ वैशाख १० गते राति १२ बजेपछि पठाइएको Youtube Video Link आफ्नो  Facebook मा राख्‍न सक्ने 
  • अन्तिम निर्णय : मूल्याङ्कमसम्बन्धी अन्तिम निर्णय निर्णायक मण्डलको हुने
  • नतिजा प्रकाशन : २०७९ वैशाख १७ गते शनिबार बिहान ८ बजे (आमाको मुख हेर्ने दिन) झरना सञ्चारले आयोजना गरेको Virtual कार्यक्रममा नतिजा प्रकाशन गरिने
  • पुरस्कार वितरण : नतिजा प्रकाशनका साथै सोही दिन बैंक खातामार्फत नगद पुरस्कार र Email मार्फत प्रमाणपत्र वितरण गरिने छ ।

सम्पर्क व्यक्तिहरू 

  • वासुदेव अधिकारी : ९८६०५०३३७३  
  • डा. सुकराज राई : ९८६३३३६६४५ 
  • रमेश अधिकारी : ९८४१३४४५६० 
  • सोमनाथ दाहाल : ९८४१३७०३९३ 
  • देवीप्रसाद गौतम : ९७४९२२२४५२
  • विमलराज पौडेल : ९८६५१५७४६३