November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

सनीको चरित्रचित्रण

मन्जयकुमार साह कलवर
मनोहर माध्यमिक विद्यालय
कक्षा : ११
भवनी भिक्षुले लेखेको त्यो फेरि फर्कला ? मनोवैज्ञानिक कथा हो । कथाकार भिक्षुले प्रमुख पात्रका रूपमा सानीको चरित्र उद्घाट गरेका छन् । सानीको बाहिरी परिस्थिति र भित्री मनको चित्रण गरेका छन् । उसका बाहिरी परिवेशमा माइत, आमा, सानो भट्टी पाल, विवाह, विवाहपश्चातको परिवार आदि छन् । सानीको बाहिरी परिवेश जोसुकैले सजिलै पहिचान गर्न सक्छ । तर, उसको भित्री परिवेश अलि फरक छ । उसका अवचेतन अर्थात् भित्री मनमा एउटा यात्रीप्रतिको प्रेम लुकेर बसेको छ । कथामा सानीको मानसिक अवस्थाको यथार्थपरक ढङ्गबाट सूक्ष्म विशलेशण गरिएको छ ।
सानी कथाकी प्रमुख नारी पात्र हो। उसकै केन्द्रीयतामा कथा सुरु भएको, अघि बढेको र समाप्त भएको छ । ऊ यात्रीप्रतिका प्रेमले मानसिक रूपमा विचलित छे । तर उसको मनसिक अवस्था उसको शरीरिक अवस्थामा कतै पनि देखिँदैन । अर्थात् उसले यात्रीप्रतिको माया मनमा नै लुकाएकी छे । उसले यात्रीलाई विवाहपश्चात पनि दिनहुँ सम्झिएकी छे ।
सानी भर्खर यौवअवस्थामा प्रवेश गर्दा एउटा युवा यात्री सानीका घरमा बास बस्‍न आइपुगेको थियो । पहिलो भेटमा नै सानी त्यस यात्रीसँग आकर्षित भई र अन्त्यसम्म नै यात्रीलाई एकोहोरो रूपमा प्रेम गरिरही । सानीले गरेको यो प्रेम यात्रीले थाहासम्म पनि पाएन ।
सानीले यस कथामा कसैकी छोरी, बुहारी, पत्नी एवम् प्रेमिकाको भूमिका निर्वाह गरेकी छ । अनि प्रत्येक भूमिकामा आफ्नो कर्तव्य निर्वाह गरेकी छ । विवहपूर्व  नै माइतमा आमालाई भट्टी पसल चलाउन सघाएकी छ । विवाहपछि घरका काममा कुनै खोट लगाउने ठाउँ नै छैन । अर्थात् ऊ आफ्ना हरेक काममा निपुर्ण छे ।
सानीका परिवारको आर्थिक अवस्था न्यून खालको देखिन्छ । समान्य भट्टी पसल चलाएर उसको जीवन निर्वाह भएको छ । विवाहपश्चात पनि उसले सुखभोग गर्न सकेको देखिँदैन ।  
उसलाई यात्रीप्रतिको एकोहोरो प्रेमले दिनहुँ सताइरहन्छ । यात्री फर्कँदा आफूलाई भेट्ने कुरामा ऊ विश्वस्त छे । अनि, यात्री आफूलाई नभेटीकन जाने भए बरु फर्कँदै नफर्कोस् भन्ने सानी चाहन्छे ।
आमाको मृत्युपश्चात् सानी माइतमै गएर आमाको भट्टी पसल सम्हाल्छे । तर, ऊ किन घर छाडेर माइत गई भन्ने कुरा कतै खुलेको देखिँदैन । सानी माइत जाँदा ऊसँगै पति पनि जानुपर्ने हो । तर, त्यो पनि देखिँदैन । अनि, कथामा सानीका छोराछोरी भए नभएको कुनै जानकारी पाइँदैन । त्यो कुरा कथाका लेखक भवनी भिक्षुलाई नै जानकारी होला ।