Epaper
Contact Us
January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सप्रसङ्ग व्याख्या
सप्रसङ्ग व्याख्या : ‘वर्षा’ कविता
खिलनाथ नेपाल
२०७८ चैत्र १
797 views
बाली ………………………………….
………………………………… केली ।
प्रस्तुत पद्यांश कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘वर्षा’ नामक कविताबाट निकालिएको हो । यसका रचनाकार स्वच्छन्दातावादी भावधाराका अग्रणी प्रतिभा लक्ष्मीप्रसाद देवकोटा ( वि.सं.१९६६—२०१६ ) हुन् । वर्षा ऋतु सुरु भएपछि प्रकृतिमा हुने परिवर्तन र त्यसबाट मानवजीवनमा पर्ने प्रभाव प्रस्तुत गर्ने सन्दर्भमा यो भनाइ आएको हो । वर्षाको समयमा प्रकृतिका क्रीडाहरू देखिने कुरा यस कवितांशमा प्रस्तुत गरिएको छ ।
वर्षा ऋतु बर्सादका समय हो । ग्रीष्मको सूर्यको प्रचण्ड तापले शुष्क पृथ्वी र बोटबिरुवाले बर्षादका कारण जीवन्तता पाउँछन् । वर्षाका कारण प्रकृतिको स्वरूप फेरिएको हुन्छ । प्रकृति सुन्दर र जीवन्त देखिन्छ । बोटबिरुवाहरूका लागि पानी अमृतसमान हुन्छ । अमृतरूपी वर्षा प्राप्त भएपछि पृथ्वीको सिर्जनाशक्तिको विकास हुन्छ । समयमा वर्षा भएपछि पृथ्वी धनधान्ययुक्त हुन्छिन् । जताततै पृथ्वीमा हराभरा देखिन्छ । अत्यधिक वर्षा हुने भएकाले किसानहरूमा पनि आशा जागृत हुन्छ । यसपालीको बाली राम्रो हुने भयो भनी आशावादी बनेका किसानको हर्षको सीमा हुँदैन । समुद्ररूपी युवकमा शक्तिशाली खेल देख्न पाइन्छ । साना साना खोलामा पनि सामुद्री तुफानी वेग देख्न सकिन्छ । वर्षा सुरु भइसकेपछि पृथ्वी सुन्दर मात्र नभई सिर्जनशील पनि बन्छिन् भन्ने भावात्मक विचार प्रस्तुत गरिएको छ ।
मान्दाक्रान्ता छन्दमा रचना गरिएको यस कवितांशमा अन्त्यानुप्रास अलङ्कार मिलाइएको छ । सुन्दर भाषाशैलीका माध्यमबाट वर्षाका समयमा प्रकृतिमा हुने परिवर्तन र त्यस परिवर्तनले मानवीय जीवनमा आशाको सञ्चार गर्ने विचार यस प्रकृतिपरक कविताबाट प्रस्तुत गरिएको छ ।
लेखकको सम्वन्धमा
खिलनाथ नेपाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सन्दिग्ध
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
सन्दिग्ध
२०८१ माघ ६
लेखकको सम्वन्धमा