समाजसेवा

रमाई रमाई समाजसेवा गर्ने मेरो बानी
मेरो एउटा कर्म अनि मेरो एउटा रहर
स्वच्छ, सफा हराभरा बनाउँ हाम्रो सहर ।
समाजका दुःखी पीडित महिला अनि बच्चा
गर्छु म त धर्म ठानी समाजसेवा सच्चा
यस्तै यस्तै कामहरू गर्दै जान्छु धर्म
निश्छल अनि निष्पक्ष लोभविहीन कर्म ।
वर्षा आयो, खोला बढे, लग्यो घरबार
निश्छल अनि निर्मल मन मेरो सरोबर
मन मेरो खुसी हुन्छ सहयोग गर्न पाउँदा
खुसी हुन्छन् दुःख मन म त्यसरी धाउँदा ।
मेरो आफ्नै घर हो यो समाजमा बस्छु
समाजसेवा धर्म गरी आनन्दमा रम्छु
छुवाछुत, घनी गरिब गर्नु हुन्न भेदभाव
मानिस मानिस एकै हौँ, बाढौँ हामी सद्भाव ।
समाजसेवा गरी गरी आनन्दमा रम्छु
विकट अनि गाउँ गाउँका कन्दरामा पुग्छु
दुःख, सुख सबै साट्छु, बन्छु सबकी नानी
यस्ता यस्तै काम गरी सेवा गर्ने बानी ।
लेखकको सम्वन्धमा