निदरीले हटायो

कक्षा: २
लिभरपुल माध्यमिक विद्यालय
कलमले लेखेन
आँखाले नि देखेन
निदरी पो आयो कि
झुलाउन लायो कि ।
भन्नु अब कल्लाई
ठग्न खोज्यो भन्छन् कि
गाली खाएँ भने त
दुख्छ साह्रै मन त ।
गृहकार्य धेरै छ
यस्को जिम्मा मेरै छ
निदरीले हटायो
जाँगरनै घटायो ।
मुख धुन्छु बरु म
लेख्छु अनि ध्यानले
निदरी त रातमा
राखिहाल्छु साथमा ।
लेखकको सम्वन्धमा