पूर्णिमाको जून

श्री भगवती मावि,
मिक्लाजुङ ७ मोरङ
एक मासपछि
आएको छ हेर यो दिन
लागेको छ आकाशमा
पूर्णिमाको जून ।
ओहो हेर आज उज्यालो त्यहाँ
सिंगारिएको चन्द्रमा
चमकिला तारा वरिपरि
धपक्क फुलेको फूल सरी
आज आकाशमा
छुट्टै सुवास छरेजस्तो
आज चन्द्रमालाई देख्दा
लाग्छ संसारमै प्रकाश भए जस्तो ।
ढल्किएको सूर्यपछि
चक्किएको जून ‘
देशमा अन्धकार चिर्न
निक्लिएको हो पूर्णमाको जून ।
.0
लेखकको सम्वन्धमा