नारी

कक्षा : ९ ख
पाठशाला नेपाल फाउन्डेसन
बागडोल, ललितपुर ।
नारी, तिमी सरस्वती हौ
लक्ष्मीको अवतार तिमी नै हौ
तिमी नै अनुसूया, तिमी नै सावित्री
तिमी नै अनन्त, वैभव हौ भित्री ।।
तिमी जगतकी जननी तिमी हौ
तिमी अटल आस्था र विश्वास हौ
कोहीकी आफन्त, साथ हौ, माया हौ
तिमी आधार हौ, सहास तिमी हौ ।।
यो पुरुष प्रधान समाजमा
होस्टे गर्दै उठ नारी माझमा
देखाऊ नारी को हो भनी चिनाऊ
शक्ति जुटाई संसार आप्mनो बनाऊ ।।
धेरै पीडाहरू हामी नारीले सहियो
अब यो देशमा समसत्ता चाहियो
बोल अन्यायमा चुपलाग्नु हुन्न
अब अधिकारको टोपी थाल बुन्न ।।
लेखकको सम्वन्धमा