गजल

रूखको एक ठुटो हुँ म सधैं जलिरहने ।
कल्पना गर्छु आफूलाई त्यो जुनकिरीसँग
बिनासाथ अँध्यारामा पनि बलिरहने ।
विशाल छ मेरो कल्पना अनि सोचको नदी
नदीमा डुबेको कागज म बिस्तारै गलिरहने ।
समयले कोरिदिएको त्यो आकृति हुँ म
अरू हैन आफ्नै छायाले पनि छलिरहने ।
आशा केको लिनु र निराशा पाउने सहरमा
रुख हुनु छ म त्यो निःस्वार्थ भई फलिरहने ।
लेखकको सम्वन्धमा