Epaper
Contact Us
December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
द्वन्द्व : समय र म
चमा थुलुङ / Dr. Sukaraj Rai
२०७८ फाल्गुन १९
271 views
समय म काँटिरहेछु
समय मलाई काँटिरहेछ
समय म साटिरहेछु
समय मलाई साटिरहेछ
उफ् !
समय र मबिच
त्रासद द्वन्द्व चलिरहेछ ।
समयलाई म भित्ताको क्यालेन्डरमा हेरिरहेछु
समय भित्ताबाट मलाई विस्फारित आँखाले हेरिरहेछ
हामी हेराहेर गरिरहेछौँ
समयलाई म मुठीभित्र राख्न चाहन्छु
समय मलाई उसको कठपुतली बनाउन चाहन्छ
जेहोस् !
समय र मबिच
स्खलित द्वन्द्व भइरहेछ ।
समय अघि अधि हिँडिरहेछ
समयलाई म पछि पछि पछ्याइरहेछु
समय हस्याङफस्याङ दौडिरहेछ
समयलाई भेट्न म स्वाँ स्वाँ गर्दै दौडिरहेछु
घुम्तीहरूमा मोडिँदा
समयलाई म –
उसको पुच्छर समाउँछु
अनि,
मबाट समय –
उसको पुच्छर थुत्त खोसाउँछ
म ट्वाँल्ल पर्छु
समय मलाई हेरेर अधिल्तिर कुद्छ
म पनि समयलाई पछ्याउँछु
निसन्देहः !
समय र मबिच
प्रतिस्पर्धात्मक द्वन्द्व भइरहेको छ ।
समय मेरो अघि अघि आगो ओकल्छ
म समयको पछि पछि हिउँ बर्साउँछु
समय तातो आगो मन पराउँछ
म चिसो हिउँ मन पराउँछु
तातो रनक्क रन्किन्छ
चिसो सनक्क सेलिन्छ
अन्ततः !
समय र मबिच
ध्रुवीय द्वन्द्व चलिरहेछ ।
समय –
मैदान मैदान दौडदै पहाडका गर्खाबाट
हिम शिखरतर्फ उग्लिरहेछ
म पनि –
मैदानबाट पहाड हुँदै हिम शिखरतर्फ
सपनाका नौरङ्गी तोरीबारी विचरण गर्दै
उग्लने यत्न गरिरहेछु
समय मभन्दा अगि छ
म समयभन्दा पछि छु
शाश्वत तथ्य यही हो
हामी सँगै छौँ
तर,
समय मेरो अगाडि अगाडि छ
म समयको पछाडि पछाडि छु
अन्तत्वगत्वा !
समय र मबिच
निशस्त्र द्वन्द्व भइरहेछ ।क
समय हिँडिरहेको छ
म पछ्याइरहेको छु
जब,
समय हिम शिखरमा पुग्छ
म पनि शिखरमा पुग्छु
समय त्यही अलपिन्छ
म समयलाई खोज्छु
समय मसँग भाग्छ
समयलाई म देख्दिनँ
समयलाई म खोज्छु
समय मलाई बिर्सिन्छ
समयलाई खोज्दा खोज्दै धाम डाँडामा पुग्छ
बिस्तार बिस्तार सूर्य क्षितिजको काखमा लुक्छ
अँध्यारो पयर फट्कार्दै आउँछ
अफसोस,
चूक घोप्टिएको कालो कालो देखा पर्छ
म काप्छु
म चिच्याउँछु
म विदीर्ण रोदन गर्छु
अनि,
म निः श्वास बन्छु
रै पनि !
समय र मबिच
अस्पृश्य द्वन्द्व चलिरहेछ ।
लेखकको सम्वन्धमा
चमा थुलुङ / Dr. Sukaraj Rai
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहिलाकाे दसैँ
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
जिन्दगी !
धेरै पढिएको
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
२०८१ मंसिर १७
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
२०८१ मंसिर १८
पहिलाकाे दसैँ
२०८१ मंसिर २१
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
२०८१ मंसिर २१
लेखकको सम्वन्धमा