April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार

हाम्रो देश

सन्ध्या चौधरी
मनोहर माध्यमिक विद्यालय
कक्षा : १२
 
वीरताको देश हाम्रो सधैँ गर्व गर्छौँ
देशका लागि मर्न परे सधैँ अघि सर्छौँ
नेपालका सन्तान हामी साथै अघि बढौँ
मातृभूमि बचाउन विश्वसामु लडौँ ।
 
पाटीपौवा नदीनाला सबै यही देशमा
साह्रै राम्रा देखिन्छौँ है नेपालीको भेषमा
छाडी कैल्यै नजाऔँ हामी अन्त अरू देशमा
दुःख पाई भौँतारिन्छौँ अर्काको त्यस देशमा ।
 
ढकमक्क लालिगुराँस विश्व मगमगाउने
डाँफेमुनाल नाच्दाखेरि मनै रमाउने
प्रकृतिको धनी देश नेपाल हो हाम्रो
प्राणभन्दा प्यारो हाम्लाई हाम्रै देश राम्रो ।