सम्झन्छु माइतीको रमाइलो

दुहुन्थेँ दुध नि गाई भैंसीहरूका दिन्थे उनैले जति।।
पार्थेँ मोही पनि ठेकीमा मदनी नेतीले तानी तानी
दाउरा डोकामा, धान बोक्थेँ थुन्सेमा, गाग्रीमा ल्यउथेँ पानी।
ढिकीमा धान कुटियो अनि जाँतामा मकै पिसियो कति
नाङ्ला, डाला, धोबे, भुने र फिपी त देखेको मैले अति।।
हर्पे, गरियो, दुधेरो पनि भो धिरी र ढुङ्ग्राहरू
थाहा छैन होला अहिले कतिलाई मैले बयान के गरुँ।।
गोडियो मकै कोदाला, कुटेले धान गोडियो खेतै महाँ
बाछाबाछी राखिन्थ्यो टाट्नु गाई भैंसी गोठै त्यहाँ ।।
वारी जोत्थे गोरुको काँधमा जुवालाई हल्लुण हरिसमै जोडी
हलामा फाली राखी करुवाले अढ्यी राँटा कतै न छोडी।।
टाँकी, कुटमिरा, खनिउ, बडहर, कोइरालो, काभ्रो अनि
बोहोरी, पाडरी, कटहर, खरी, चिउरीको रुखै पनि।।
पुरुनी, मोही लहरो बिरी र गुर्जो, बल्ढ्याङ्ग्रो, पाङ्ग्रो कति
देखेको पक्कै हो म घुम्थेँ वनमा छहरा पहरा अति ।।
साथीका सँगमा कुदि्न्थ्य खुसी भै गाउँदै सँगनी अनि
गाउँमा जाइन्थ्यो त्यो कीर्तन गरन हेरिन्थ्यो बालन पनि।
मारुनी नाच्दथे मगर हरूले धान नाच्थे लिम्बुहरू
गाउँ थे दोहोरी बसेर रातभर जो जो थिए त्यहाँ अरू।।
लेखकको सम्वन्धमा