Epaper
Contact Us
November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
कहानी कसैको (झ्याउरे भाका)
- लामिछाने मात्रिका
२०७८ फाल्गुन ९
566 views
घर–घरका कहानी यो सबले सुन्नुपर्ने ।
नभनौं भन्छु तर आज भयो भन्नै पर्ने ।।
माया बस्यो उनैसंग तीन वर्षसम्म्म ।
बिहे भयो पञ्चैबाजा बजाएर झम्म ।। १
जग्गे राखी आँगन पोली गोडा धुँदैधुँदै ।
बिदा गरे बाआमाले घुँक्क घुँक्क रुँदै ।।
कन्यादान थापी ल्याएँ सिन्दुर पोते हाली ।
बल्ल आई थाहा पाएँ रैछे दुष्ट जाली ।। २
खाडी गएँ कतार गएँ जागिर नपाएर ।
पैसा सबै पठाएथें आधा पेट खाएर ।।
फुर्मासीले पैसा सकी सुइकुच्चा ठोकी ।
गरगहना धनदौलत भाको सबै बोकी ।। ३
कलेजीको टुक्रालाई घरमा एक्लै छोडी ।
जिन्दगीको सहयात्रा अन्तैतिर मोडी ।।
पढाउने बच्चा भन्दै सहरतिर लागी ।
डेरा छेउ बस्नेसंग पोइल पो भागी ।। ४
जोडिएनन अँधेरीमा तिमी बिना परेली ।
आइरह्यो सम्झना औ तरेली तरेली ।।
पानी पर्यो बलेंसीमा झर्यो झम्म झम्म ।
कुरिरन्छु भन्थी मलाई नआइन्जेलसम्म ।। ५
रात हेर्दा जुनेलीको आकाश निलो–निलो ।
कृष्णपक्ष कालो रात तारा चम्किलो ।।
सुसाएर हुरी बतास चिसो–चिसो हुने ।
निस्ठुरीको याद बोकी कतिञ्जेल रुने ।। ६
बेल पाक्यो कौवालाई न छ हर्ष बिस्मत ।
यस्तै होला आभागी यो पुर्पुरोको किस्मत ।।
रसै खाने भमराले फूलैफूल डुली ।।
हे पापीनी गयौ कता भमरालाई भुली ।। ७
पानी मिठो मूलधाराको घाँटी रसाउने ।
कतिन्जेल त्यो मायाले होला सताउने ।।
घाँटी दुख्यो छाती पोल्यो ज्वरो पनि आयो ।
जाली माया नामको अब रोगले सतायो ।। ८
कस्तो होला रोग यस्तो निकै नहुनी ।
माया भन्ने चिज कस्तो साह्रै बैमानी ।।
काटेको घाऊ जाती होला बरु ओखतीले ।
के होला र निको चित्त, काट्या असतिले ।। ९
रोजी छाडी मनपर्दी गर्दै हिन्नेलाई ।
दुई पैसा दिम्ला बरु मन चिन्नेलाई ।।
दुई दिन एउटासँग चार दिनमा अर्को
कती सँग साट्ने होला पिरतीको बर्को ।। १०
लेखकको सम्वन्धमा
- लामिछाने मात्रिका
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सामुदायिक विद्यालय अभिभावक सङ्घको छैटौं वार्षिक साधारण सभा
तीन मुक्तक
मेरो चित्रकला
मनोहर माध्यमिक विद्यालय टोखामा स्वास्थ्य प्रदर्शनी
कस्तो यो सहर !
धेरै पढिएको
सामुदायिक विद्यालय अभिभावक सङ्घको छैटौं वार्षिक साधारण सभा
२०८१ कार्तिक ११
लेखकको सम्वन्धमा