September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार

गुरु

ढुङ्गाको काप फोरेर पनि बाँच्न सिकाउनुहुन्छ गुरु
काँडाको फूलझै फुल्न सिकाउनुहुन्छ गुरु
प्रेरणाको स्रोत बनी बाल्नुहुन्छ चेतनाको दीप
जगतै उज्यालो पारी बनाउनुहुन्छ सर्वविदित ।
 
विद्यार्थीको जीवनचित्र कोर्दाकोर्दै भुल्नुहुन्छ आफ्नो जीवन
माझीले डुङ्गा तारेझैँ तार्नुहुन्छ विद्यार्थीको जीवन
गुरुको उपदेश लिई गरौँ जीवनको यात्रा
अमूल्य छ है जीवन यो गरौँ घामछायाको यात्रा ।
 
साना साना आँखामा ठुला ठुला सपना सजाउनुहुन्छ
सगरमाथा जस्तो उच्च सोच लिएर पाइला अघि चलाउनुहुन्छ
ज्ञानको ज्योति फैलाउन एकता कायम गर्नुहुन्छ
जीवनको बाटो देखाउँदै सत्‌कर्म गर्ने प्रण गर्नुहुन्छ ।