January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

माया

तिमी हिँड्दै गरेका बाटामा
म फूल ओच्याइदिउँला
तिमीले बिर्सेका कुरा
म याद दिलाइदिउँला
सफलताका शिखर चढ्न
म भर्‍याङ बनिदिउँला
तिमी सधैं मुस्कुराउनु आफ्नो जीवनमा
तिम्रा लागि म व्रत बसिदिउँला।।
 
तिमी रुँदा मेरा आँसु झर्छन्
तिमी हाँस्दा मेरो मन प्रसन्न हुन्छ
तिमी उदास हुँदा मेरो मुटु परेसान हुन्छ
जिन्दगीका गोरेटामा कसैले साथ देला या नदेला
तर तिमीले हिँडेका हरेक पाइलामा मेरो साथ हुन्छ ।।
 
तिमीलाई आँखामा सजाऊँ
तर आँसुसँगै झर्ने डर छ
मुटुमा राखूँ
मुटु टुट्ने डर छ
मनमा राखूँ
मन बद्लिने डर छ
त्यही भएर त
मैले तिमीलाई आफ्नो स्वासमा राख्या छु
जिन्दगी रहुन्जेलसम्म यो ज्यान तिम्रो रहन्छ ।।
 
तिमी कविता बनिदेऊ
म कवि बनिदिन्छु
तिमी बगैंचामा फुल्ने फूल बनिदेऊ
म त्यसमा रमाउने पुतली बनिदिन्छु
तिमी कागज बनिदेऊ
म त्यसमा रङ भर्ने कलम बनिदिन्छु
बस तिमी साथ त देऊ माया
आकाशमा त्यो टलक्क टल्किने
जून र तारा तिम्रा पाउमा राखिदिन्छु।।