सहिदको सम्झना

तिमी नआऊ मलाई खोज्न म हराएँ अन्धकारपछाडि
मलाई तिमी नखोज, तिमी त्यो सालिकभित्र
म त्यहीँ लुकेको छु मैले कोरेको मदेस, पहाड र हिमालभित्र
म एक होइन अनेक छु सिफलमा मात्र होइन टिकापुर सम्म छु
मेरो रगत कतै हराएको पनि छैन
म नेपालआमाका आँखाबाट बगिरहेको छु
मैले खोजेको स्वतन्त्रता लोकतन्त्रका नाममा बजारमा भिड भएको छ ।
तिम्रा आशाका भाषणमा नलाऊ मलाई
मेरो त्याग यहीँ हरायो आमाको काखमा
मेरो सम्झना गरेसि शोकसभामा मौनधारण गरिन्छ
यथार्थमा मेरो बलिदान र मलाई हरेक दिन मारिन्छ
मलाई बस्न छैन सालिक र महलमा
मलाई बस्नु छ केवल सुन्दर र शान्त नेपाल आमाको काखमा ।
लेखकको सम्वन्धमा