December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

पूर्णिमाकी जून

झ्यालको सिसाबाट उसले मेरो कोठातिर हेरी
ओछ्यानबाट म बालकनीमा पुगेँ, उसलाई हेरेँ
राजकुमारी जस्तो मनमोहक रूपले आकाशमा सजिएको थियो
उसको सुन्दरताको शीतल प्रकाश सर्वत्र फैलिएको थियो ।
 
सुन्दरता महसुस गर्न लेखिन कविता
प्लेटोनिक प्रेम स्वीकार गर्न बिना शर्त 
या रोमान्टिक स्वरूपमा
तर मलाई उससँग नजिकिन डर लाग्छ…
 
जुनजस्तै, मेरी माया  मबाट टाढा छिन्,
म केवल चन्द्रमा हेर्न चाहन्छु, महसुस गर्न चाहन्छु,
उनको मन्द मुस्कानसहित अभिवादन, उनको गालाको लाली,
निर्दोष आँखा, मिठो आवाजमा डुब्न चाहन्छु।
 
जुनेली रातमा उससित हिँड्दै गफ गर्न
मेरो हात उसको हात समात्न आतुर छ
 
उसको उड्ने पखेटा बन्न चाहन्छु
उसको शान्त स्वभाव नारीत्व महसुस गर्न चाहन्छु
 
तर नजिक पुग्दा मनमा डर पस्छ,
उद्देश्यका हिन पाइला चाल्न डर लाग्छ,
 
मैले पुतलीको पखेटा छुन खोज्दा, उसको उडान रोक्दै
उनले चमक गुमाए, उनको रङगिन चमक,
फूल टिप्दा पनि त्यस्तै भयो,
बगैंचाबाट चिनी फूलदानमा पालनपोषण गर्न,
उसको फुल्ने पङखुडीहरू ओइलिए रुँदै टाउको तल
 
स्वार्थी इच्छाहरूलाई लोभमा बद्लिन बेर लाग्दैन,  
समयसँगै इच्छा निःस्वार्थ आवश्यकतामा परिणत हुन्छ
 
मौरी फूलसँग जिस्किन पुग्छ, फल बनाई दिन्छ !
म उनको मौरी बन्न चाहन्छु, जीवनसाथी बन्न चाहन्छु,
सौन्दर्य मनको गहिराइमा, महसुस गर्न चाहन्छु 
 
प्रिय ! हामीले पहिले आफैँलाई माया गर्नुपर्छ
हाम्रो बाटो जीवनको, भाग्य कोर्नु छ,
 
बाहिर असहिय चिसो छ, 
उनको मायाको न्यानोपन अझै पनि हावाको अनुभूति गराउँछ,
 
पूर्णिमालाई हेर्दै सम्मोहनबाट फर्किँदा,
मेरा हातहरू जमेका थिए 
अब फोनमा अक्षरहरू टाइप गर्न तयार थिएनन्
 
कम्बलमा डुबुल्की मारें, चिसो थाम्न गाह्रो थियो,
लामो चिसो उज्यालो रात थियो, प्रिय, 
पूर्णिमाको साथ भए पनि, हाय ! म एक्लै छु
के मेरो सासले मद्दत गर्ने छ? 
वा उनको सम्झना, फोनमा भएका  फोटाहरूले ?