July 31, 2026, Friday
२०८३ श्रावण १५, शुक्रबार

गजल

के भोग्छन् र समय घडी  हरूले
जे भोग्छन् गरिबका झुपडी  हरूले ।
 
हो हरबखत अपराधीकै हातमा गासिन्छन्
तर जान्दैनन् अपराध हतकडी  हरूले ।
 
त्यो सेतो कफनले मलाई जिन्दगी बुझाइदियो
जब सकेनन् बुझाउन कुनै इन्द्रेणी हरूले
 
कुनै नेताले देश बिगारेका हुँदै होइनन्
बिगरेका हुन् तिनका चाकडी हरूले
 
कुनै पुरस्कारले त्यस्तो हौसला मिल्दैन
जो मिल्दछ हौसला थपडी  हरूले!!!