गजल

गोरखा
छोराको झलुङ्गो बनेकै दिन बनेछ आमाको चिहान पनि
यत्तिसम्म कठोर नबन्नुपर्ने थियो भगवान् पनि।
हिजो खेल हार्नेहरू आज संसार जित्ने तरखरमा छन्
जित्नेले अझै आफ्नो बनाउन सकेन मैदान पनि।
मन सुनसान अनि धड्कन चट्टान बनाउन सक्नुपर्छ,
अरे! बहुत कठिन छ यो जिन्दगीको उठान पनि।
पक्कै! त्यो बस्ती ऐले निकै अँध्यारो बनेको होला,
आज बहुत उज्यालो देखिएको छ श्मशान पनि।
समाज सुधार्ने कुरा गर्छ,समाज रङ्याउँछु भन्छ,
विधवा स्वीकार गर्न सक्दैन स्वयं एउटा विद्वान् पनि।
लेखकको सम्वन्धमा