March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार

प्रेमपत्र

(कृषि तथा वन विज्ञान विश्वविध्यालय, रामपुर, चितवनको शुभारम्भ साहित्य समाज र गण्डकी विद्यार्थी समाजको संयुक्त आयोजना रहेको मिति २०७८/११/०२ को प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल ।)

Dear अजनबि ! 

College को दोस्रो दिन पहिलो चोटि, तिमी मेरो आँखाको visible range मा पर्यौ । मेरा यी Hypermetropic 576 mega pixel भएका नयनहरूले  तिम्रो Diamond झै Total Internal reflection भएको अनुहार देख्ने सौभाग्य प्राप्त गर्यो । घडीका दुइटा सुइहरू एक आपसमा 90 degree angle बनाइरहेका थिए, यतिबेला बिहानाको ९ बजिरहेको थियो । बेलुकाको नौ बजेको हुँदो हो त BBC गुन्जिरहेको हुने थियो, तर यति बेला विध्यार्थीहरूको आवाज गुन्जिरहेको थियो । High audibility भएको Sound energy produce गरिरहेका थिए । त्यो भिडमा एक्कासि तिम्रो नजरसँग मेरा नजर यसरी ठिकियए कि, तिम्रा नजर र मेरो नजरबिच Non-elastic collision भैदियो । थाहा छैन, तिम्रो मनमा Activation Energy पुग्यो पुगेन तर ठिक तेतिबेला मेरो मुटुभित्र भने एकदमै द्रुत गतिमा Reversible Endothermic Reaction भैसकेको थियो । छातीभित्र Entropy बढिरहेको थियो । तिमी मुसुक्क हाँसिदियौ अनि त्यो मुस्कानले Positive Catalyst को काम गरिदियो । मेरो शरीरमा त्यति चाँडो Enzymatic Chemical Reaction हुनुमा तिम्रो मुस्कानरुपी Catalyst को ठुलो हात छ प्रिय । केही समयको Reaction पछि मेरा हरेक अङअङमा तिम्रा लागि मायाको Production भैदियो । By product को रूपमा Water Vapour यानिकि पसिना बाफ बनेर उडिरहेको थियो । 

थाहा छैन F = ( Gm1m2/r2) वाला Gravitational Force of attraction ले तान्यो वा Opposite Sex of attraction ले तान्यो । जेले ताने पनि तिमी तानियौ मेरो मनमा र Bind भएर बसेकी छौ । जसरी Proton Nucleus भित्र भित्र Bind भएर बसेको हुन्छ । यो चकचके मन तिमीसँहै हुन खोज्छ , तिम्लाई हेरिरहन खोज्छ, तिम्रै वरिपरि घुमिरहन खोज्छ जसरी Nucleus को वरिपरि Electron घुमिरहन चाहान्छ ।

म चाहान्छु तिमी र मबिच एउटा बलियो Covalent Bond बनोस्, कसैले पनि Cleavage गर्न नसक्ने । चाहे त्यो Heterolytic होस् वा Homolytic ! तिम्रो Best friend ले पनि केही गर्न नसक्ने, तिम्रो बाबाले पनि टुक्राउन नसक्ने । म चाहान्छु हाम्रो जोडी Acid-Base pair जस्तै बनोस् । एक अर्काको कमी पूरक बनाउन सक्ने । तिमी रिसले Concentrate हुँदा मायाले Dilution गरिदिउँला । 

जिन्दगीभर हाम्रो मायाको Current अनअवरत बगिरहोस् । हाम्रो प्रेमको दौरानमा कोही पनि कहिल्यै Resistance बनेर नाआउन् । प्रिय हामीले हाम्रो भविष्य Vector Quantity जस्तै बनाउनु छ, Magnitude र Direction दुवै भएको । तिमी Direction हेर्नू, हाम्रो यात्राको म Magnitude को ख्याल गर्ने छु ।

तिमी त Gold जस्तै औकात भएकी देखिन्छ्यौ । म भने खिया लागेको Iron जस्तो न हुँ । Elecroplating गरेर भए पनि मेरो औकात छोपिदिनू है  हाम्रो । Reactivity नमिल्न सक्छ हाम्रो । हैसियत नमिल्न सक्छ । तर हामी मिल्नुपर्छ Aquaregia को सहयोग लिएर भए पनि हामी एक अर्काबिच घुल्नुपर्छ , मिसिनुपर्छ । हामी प्रेमको Solution मा मज्जाले Soluble हुनुपर्छ प्रिय ! तिमी Titrand बन्नु म Titrand बनौँला ! 

तिमी कुनै दिन मायाको अभावमा Unsaturated हुनुपर्दैन । तिमीलाई माया नै माया दिएर जीवनभर  Saturated बनाएर राख्ने छु । म जस्ता धेरै आउलान् तिम्रा जीवनमा तर म जस्तो माया गर्ने आउदैन प्रिय । त्यसैले भुलेर पनि अरू कसैसँग Displacement Reaction नगर्नू , Subsitution reaction नगर्नू । तिमी मेरी बनिसकेपछि हामीबिच Reaction भएर हामीले घोर्ले Product पाइसकेपछि तिमी Inert Gas जस्तै अडिग भएर बाँच्नुपर्छ । हाम्रो जिन्दगीको Chemistry सदैव मिलाइरहनुपर्छ ! 

प्रिय !

Elecrophile ले Electron accept गरेजस्तै मेरो यो प्रेम प्रस्ताव पनि सजिलोसँग Accept गर्नु  है  ! 

विन्ती ! यो प्रेमपत्रलाई जलाएर Combustible Reaction गराउने दुष्प्रयास नगर्नू प्रिय ! Lavoisier को कसम ! 

धन्यवाद ! 

उही तिम्रो अन्जान प्रेमी