April 29, 2026, Wednesday
२०८३ बैशाख १६, बुधबार

खुल्ला प्रेम

अनलाइन कार्यक्रमको झलक

फागुन,  २ कृषि र वन विज्ञान विश्वविध्यालय, रामपुर, चितवनको शुभारम्भ साहित्य समाज र गण्डकी विद्यार्थी समाजको संयुक्त योजनामा फागुन २ गते अर्थात् फ्रेबुअरी १४ तारिकमा प्रणय दिवसको अवसर पारेर भर्चुअल माध्यममा ‘खुल्ला प्रेम पत्र वाचन’ प्रतियोगीता प्राध्यापक ऋषिराम कटेलज्यूको प्रमुख आथित्यमा सम्पन भएको जानकारी शुभारम्भ साहित्य समाजका अध्यक्ष शौरव शर्माले दिनुभयो । प्रतियोगिताका लागि प्राप्त प्रेम पत्रहरूमध्ये छनोट भएका उत्कृष्ट पत्रहरू लेखकले वाचन गर्नुभयो । उक्त कार्यक्रममा गजलकार सञ्जय देव विष्ट (ठाकुर चुरे ), पूर्व अध्यक्ष बनी शर्मा तथा लेखराम सापकोटा निर्णायकगण हुनुहुन्थ्यो । प्रतियोगितामा समिन गैरे, सङ्कल्प ढकाल र विजय लम्साल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभयो । यसै गरी सो कार्यक्रममा स्वेक्षा गौतम चौथो स्थान हासिल गर्नुभयो ।