February 27, 2024, Tuesday
२०८० फाल्गुन १५, मंगलवार

गौरव

सम्पदा नेपाल
लर्ड बुद्ध इङ्लिस सेकेन्डरी स्कुल, मध्यपुर ठिमी, बोडे , भक्तपुर
कक्षा : ६
 
 
नेपाल हो हाम्रो मातृभूमिको नाम
नेपाललाई शिरमा राखी बढ्ने हाम्रो काम ।
 
हिमाल हो हाम्रो शिर पहाड हो छाती
तराईको समथरमा बस्छौँ धेरै जाति ।
 
हिमाल पहाड तराईमा विभाजित देश
सयौँ जाति भाषाभेष मिलेको नै बेस ।
 
मेचीपूर्व अझै हामी बढ्नुपर्छ अब
महाकाली नदीलाई नाघ्नुपर्छ अब ।
 
आफ्नो गौरवलाई गुम्न नदिऔँ अब
देशको गौरवलाई बचाऔँ मिली सब ।
 
इतिहासको गौरवलाई बचाऔँ हामी अब
भविष्यको गौरव हामी बन्नुपर्छ अब ।