बालअधिकार

कालिका मावि, मिक्लाजुङ, मोरङ
बालबालिकाले पाउने अघिकार नै हो बालअधिका,
बालअधिकारबिना बन्दैनन् बालक असल र इमान्दार।।
सबै बालबालिका हुन् भविष्यको कर्णधार
जसले देशको नाम फैलाई बनाउछन् देशलाई चमकदार।।
असहाय र वृद्धलाई माया गरून्
आफूभन्दा ठुलालाई सम्मान गर्ने बानी बसालौँ।
सबै बालबालिकाले पाउन् उच्च शिक्षा
उनीहरूले नै गर्ने छन् जन,धन र देशको सुरक्षा।।
झैझगडा र कुलतमा नपरुन्
आफ्नै देशमा केही गरी विकासलाई अघि सारुन्।
बालबालिकालाई शोषणमा नपारौं,
बालअधिकार के हो भनी हरेक बालबालिकालाई सिकाऔं।
लेखकको सम्वन्धमा