Epaper
Contact Us
September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
हिमाली उठान
मुक्ति ढकाल
२०७८ माघ १५
253 views
मुक्ति ढकाल
पाखा पखेराका
वैभवी सपनाहरूलाई
वासन्ती र शारदी
नव सौन्दर्यबाट सजाएर
आत्मोन्नति र स्वाबलम्बनको
यात्रामा निस्कन खोज्ने
हिमाली पहल
जब जब हुरीले देख्न थाल्छ
अनि बौरिन्छ र सुरु गर्छ
अवरोध र विनाशका ताण्डवहरू।
आफूभन्दा सानो,कमजोर र कठिन
तर साहस र पौरखका
हिमनदीहरू बगेर
आफ्नो उर्वरता उगाएर
अभावका बिच भावको
दुखबिच सुखको
गरिबीबिच सम्पन्नताको
लघुता बिच विशालताको
आशा बाँचेको
हुरी देख्न,सुन्न र हेर्न चाहँदैन
र, सधैँ गर्छ अनि गर्न खोज्छ आफ्नो
अवरोध र विनाशका ताण्डवहरू!
हिमाली नदीहरूले वर्षौंबाट
भरिदिँदै सजाइदिएका उसका
उर्वर संपन्नता,शक्ति एवं सामर्थ्यलाई बिर्सिएर
अभिमानको साँढे आत्मरति बाँचिरहेको हुरी
आज एकाएक अचंभित र विस्मित छ,
किनकि…..
उसको विनाशको ताण्डव, शक्ति र सामर्थ्यलाई
नजरअन्दाज गरेरै
भाँचिएका हांगामा
साहसको प्राण भर्दै
स्वतन्त्रता र स्वाभिमानका
आशावादी कलिला मुना र फूलहरू
फुलिरहेको देखेर…
लेखकको सम्वन्धमा
मुक्ति ढकाल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
कस्तो यो सहर !
मेरो कलम
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
नेपाल प्रहरी
तिजको रङ्ग
धेरै पढिएको
पिप्लेको पुर्खौली आँगनमा रमाएका भीष्म पितामह
२०८१ भाद्र २७
कस्तो यो सहर !
२०८१ आश्विन १
मेरो कलम
२०८१ भाद्र २९
नेपाल प्रहरी
२०८१ भाद्र २४
लेखकको सम्वन्धमा