December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

म कतै अल्झिएँ

नाम: आँचल अधिकारी
कक्षा: ११
कलेज: प्रसादी एकेडेमी
 
रहर भनूँ या वाध्यता
विवशता भनूँ या स्वतन्त्रता
समय पुगेर हो कि समयबारे ज्ञान नपुगेर
अल्झायो भनूँ कि अल्झिन खोजिरहेँ
म खै इन्टरनेटमा ।
 
सन्दर्भै नभएको काम मा पनि किन   
पच्छाउँदै छु यसरी  
अटल मेरो सभ्यताको टाकुरा ढाल्न घच्घचाउँदै छु
मेरो अटेरीपनाको सहायतामा
मेरो ‘एकछिन त हो नि’ अवाजमा
विलुप्त हुँदै छ मेरो जाँगर जहाँ ।
 
केही काम गर्न नभ्याउने म
सबै डट्कम चार्न भ्याइसकेँ
क्रूरता साथ ‘घुम्न जाँदिनँ, एक्लै बस्छु’ भनी
इन्टरनेटमै भुलिरहने म
गर्छु कि त विश्व नै टिपी हातमा ल्याइसकेँ ।
 
जुका नै भएँ जस्तो लाग्छ घरीघरी
समय चुसिरहेछु इन्टरनेटमै टासिँएर
किताबको पाना के पल्टाउथे हातहरू
व्यस्त छन् वेबसाइटका पल्टाई पानाहरू
सर्वोच्च पद यसलई नै जिताइदिन्थे होला
तर धन्य खुले समयमै नेत्रहरू
बुझेँ मलाई डिजिटल रङ्गिन कोठाभित्र थुनी
भविष्य रङ्गहीन बनाउन लाग्दैरहेछन्
इन्टरनेटका दुरुपयोगहरू