September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

दीप झैँ बल्नु छ म
जल्नु छैन मैले
शिक्षाको गतिमा
अघि बढ्नु छ
बिच बाटामा गल्नु छैन मैले ।
 
सहयोग र सहारा बन्नु छ म
दुनियाँको प्यारो र आवश्यकताको
अभिन्न अङ्ग बन्नुछ म
अँध्यारामा उज्यालाको किरण छर्नु छ मैले
अँध्यारो मनललाई उज्यालाको आभास दिनु छ मैले ।
 
बेसहाराको लट्ठी बन्नु छ म
ज्ञानको ज्योति बनी अँध्यारालाई चिर्नु छ मैले
देशले ममाथि गर्व गरोस्
संसारले मेरो आवश्यकता महसुस गरोस् ।