जिन्दगी के नै उपलब्धि

मनोहर माध्यमिक विद्यालय
कक्षा : ११
उपलब्धि केहीको छैन खै
म केका लागि दौडिरहेछु ।
मलाई मभित्रकै आशाले डुबाउन आँट्यो
म त्यसैमा पौडी खेल्छु ।
पसिना त आँखाबाट आउन थाल्यौं
थकाइ मनलाई लाग्दै छ
उपचार गर्न जाऊँ काहाँ
अरू कसैको प्रवाह छैन मलाई
बस् मेरी दिदीको चित्त नदुखाई मर्न काहाँ जाऊँ म
हाँसो त शत्रु नै थियो
आज आँसुले पनि मित्रता तोडिदियो ।
याहाँ उज्यालो भए छायाँ आउँछ ।।
साथ दिने अन्धकारमा उसले पनि साथ छोडिदियो
खुसी भन्छ नि खुसी
त्यो त आकाशको फल, आँखा तरी मर भने झैँ हो ।।
झुक्किएर घरमा छिरिहाल्यो भने पनि भत्किहाल्छ
अवश्य बालुवाको महल झैँ ।
खिसिक हासेको काहाँ सुहाउँछ र मलाई ।।
मलाई त केबल आँसु सुहाउछँ
सायद त्यसैले होला जिन्दगीले पनि
मलाई मजाक गरी गरी रुवाउँछ ।
लेखकको सम्वन्धमा