नयाँ नेपाल

जो बिहान आँखा मिच्दै राशिफल हेर्छन् ।
मुलुक विप्रेषणको भुमरीमा परेको छ ।
युवावर्गको जमातले खाडीमा डुबुल्की मारेको छ ।।
कहिले बन्छ त नयाँ नेपाल, भोलि ?
धनाढ्यको सन्तान छात्रवृत्तिको तयारीमा जुट्छ।
त्यसको वाष्पीकरण हुने लक्ष्य गरिबीमा सुक्छ।।
लार्भा र प्युपाहरू समाचारमा बदनाम हुन्छन् ।
घोटालाका वयस्कहरू बजारमा गुमनाम हुन्छन् ।
कहिले बन्छ त नयाँ नेपाल, भोलि ?
घोषणा पत्रमा जहाज ल्याउने आख्यान आउँछ।
उता तुइनको कारण कतिको ज्यान जान्छ।
न्याय खोज्न गोर्खा जानै पर्ने हो ।
नगदले निच फैसला हुनै पर्ने हो ।
कहिले बन्छ त नयाँ नेपाल, भोलि ?
सुकुम्बासीको छाप्रो भत्काएको सरकारले जरिवाना लियो
मौन छ छिमेकीले सित्तैमा सिमाना लियो ।
बिर्सेको छैन गाउँ गाउँमा सिंहदरबार आयो ।
यादगार छ टोल टोलमा भ्रष्टाचार मौलायो ।
कहिले बन्छ त नयाँ नेपाल, भोलि ?
लेखकको सम्वन्धमा