April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

माटोसँग बोल्दै छु

लियोन भट्टराई
 
माटोसँग बोल्दछु म लेख्छु माटोकै कहानी
नेपाल आमा हुन् नि यो माटोको जननी
किल्चिदा पनि सहिदिन्छिन् पुज्दा पनि पुजिने
योग, ध्यान, तपस्या, तपस्यी ठाँउ पनि बन्दिने
जसले जे नाउँ राखे पनि त्यही नाउँमा बोल्दिने
भोका जति सबैलाई अन्नको भण्डार खोल्दिने
त्यसैले त धर्तीमाटो केही गरे नि सहिदिने  
आमा ! तिनी आमा, काखमा फोहोर गरे नि सहिदिने
पाट्टपुट्ट हात खुट्टा चलाए पनि छोड्दिने
आफू हिँड्न नसक्दा नि उसले बुई बोक्दिने
उसको खुसीमा आफ्नो खुसी खोज्दिने
त्यसैले त माटो आमा तिमी सबै सहिदिने ।