अटेरी नगर

लिभरपुल माध्यमिक विद्यालय
कक्षा : २
बुझेर पनि नबुझे जस्तो अटेरी बनेको
स्कुल जान चक्लेट खानै पर्छ र भनेको ।
हिँड न साथी ढिलाभो हेर स्कुल जान नै
चक्लेटभन्दा पढाइ ठुलो हो भन्या मान है ।
गुरुले भन्या बिर्सेको भए पाठमा पढ त
चक्लेट खाए दाँत नै दुख्छ घमन्ड छाड त ।
म अब हिँड्छु सक्दिनँ बस्न धेरै नै रुकेँ नि
समय चिने बेलैमा साथी राम्रो पो हुन्छ नि ।
असल छात्र भएर माया सबको पाउँला
नभुली कतै सबेरै सधैँ स्कुल जाउँला ।
लेखकको सम्वन्धमा