Epaper
Contact Us
January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
ख्वामित ! गल्नुभो कि गाल्नुभो ?
समिरन चालिसे
२०७८ माघ १
373 views
समिरन चालिसे
कक्षा : ७
पाठशाला फाउन्डेसन
चर्को घाम छोडेर काम भनेर सलाम मुठी उचाल्दै
दानमाथि मतदान गरेको
जनताले लगाएको छापको पुच्छर समातेर सत्ताको
वैतरणी तर्नुभो ख्वामित ।
खाडीको तेल, आश्वासनको भेल चुच्चे रेल गुडाउनुभयो !
हामी जस्ता गरिब जनतालाई सपनाको समृद्धि
पानीकै जहाजमा उडाउनुभयो ।
स्वास्थ्य, शिक्षा सबैमा घुस खान छोड्न भएन
आफ्नोबाहेक अरू आफ्नैको पनि मेलो गोड्नुभएन
उखाने शैलीमा बरू पाडोको टाउको काट्नुभो
टाउकोमा अड्केको हाँडी फोड्नुभएन ।
समूह गठन भो, बैठक बस्यो, आफ्नैहरूसँग
ख्वामित बस्नुभएन कहिले स्थायी, कहिले अस्थायी
जोगी भेषमा बस्त्र फेर्नुभो तर ख्वामितले खरानी घस्नुभएन ।
रिँगटा चल्यो, उल्टी नै भो रे ख्वामितलाई
सिको गर्नुभो, पल्लोघरको स्मार्ट लकडाउन
यस बेमौसमे दिपावली सम्झी बत्ती बाल्नुभो
केही समयलाई सङ्कट टर्यो कि कसो ?
ख्वामित आफू गल्नुभो कि अरूलाई गाल्नुभो ??
लेखकको सम्वन्धमा
समिरन चालिसे
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सन्दिग्ध
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
सन्दिग्ध
२०८१ माघ ६
लेखकको सम्वन्धमा