गीत

North Dakota USA
चुपचाप छ मन किन ? हरेक प्रहर
दिल दोषी हो कि ? दोषी हो नजर ।
मेरा व्यथा कथा भए सुनाउने गर्छु
आँसु पिएर यो मन भुलाउने गर्छु
ऐनाले सोध्दैन अचेल मेरो खबर
दिल दोषी हो कि ? दोषी हो नजर ।
पीडा पनि उत्सव झैं लाग्छ मलाई
छैन चिन्ता जवानीको अब मलाई
पिउँदिन म झुटो पिरतीको मदिरा
दिल दोषी हो कि ? दो षी हो नजर ।
लेखकको सम्वन्धमा