रियल हिरो बाबा !

प्रसादी एकेडेमी
कक्षा : ११
मेरो प्राण, मेरा बाबा
अरूले भगवान्लाई पुजे तर,
मैले भगवान् भनेकै बाबालाई बुझेँ
अरूलाई धनसम्पतिमा सन्तुष्टि
तर मलाई बाबाको खुसीमै ।
यो जीवनमा धेरै बुझेँ, हेरेँ
तर, बाबाले दुःख कहाँ राख्नुहुन्छ
त्यो अहिलेसम्म बुझ्न पाइनँ
मेरा खुसीमा आफू खुसी हुने
तर आफ्नो दुःख बुझ्न नदिने ।
मलाई चाहिँदा लुगा ल्याइदिने
तर आफूले किन पुरानै लाउने ?
आफ्ना लागि होइन कहिल्यै
सधैँ घरकै लागि खुसी ल्याइदिने ।
बाबाको सपना भनेकै मेरो सपना
उहाँले देख्ने हो, मैले पूरा गर्ने
उहाँको खुसी मेरो खुसी
बाबाको खुसीभन्दा केही चाहिन्न अब
मेरा बाबा मेरो जीवन ।
लेखकको सम्वन्धमा