Epaper
Contact Us
January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
सहभागिता
साहित्य
पश्चात्ताप
सन्तोष जैसी
२०७८ पुष १०
944 views
सन्तोष जैसी
विश्व निकेतन मावि
कक्षा- ११
करिब साढे चार बजेको समय थियो। विद्यार्थीहरू हल्ला मच्चाउँदै घरतिर जाँदै थिए ।
रमेश बुवाको बाटो हेर्दै बसिरहेको थियो। ऊ पढाइमा निकै तेज थियो, अक्सर कक्षामा प्रथम हुन्थ्यो। उसले झोलाबाट अभ्यास पुस्तिका तानेर सरले पढाउनुभएको ‘जेष्ठ नागरिकप्रति हाम्रो दायित्व’ पाठको अभ्यास रट्न थाल्यो।
नजिकै एक दृष्टिविहीन वृद्ध सडक पार गर्ने प्रयत्न गरिरहेका थिए । तर, बारम्बारको प्रयासले पनि उनलाई सडक पार गर्न मुस्किल भइरहेको थियो । रमेशले सडकको त्यो दृश्य देख्यो। उसमा कोरा ज्ञान मात्र थियो । उसले व्यवहार जानेकै थिएन । त्यसैले ती वृद्धको प्रयासलाई उसले कुनै रङगमञ्चको रौनकपूर्ण दृश्य ठान्यो । अनि, औँलाले देखाउदै भन्यो “बुढो मान्छे पनि किन सडकतिर निस्कनु, घरतिरै बसे त भैगो नि,धर्तीका बोझहरू!” ऊ र उसका साथीहरु केही बेर पेट मिची मिची हाँस्न थाले।
त्यो कुरा वृद्धले सुने र सोचे, ‘बालक नै त हुन् ! हाँस्ने रमाउन उमेर यही त हो।‘ मुना जस्ता कलिला बालकका अगाडि उनी मौन रहे।
त्यतिकैमा ठाउँ ठाउँ छिद्र पारेको मैलो कमिज लगाएको बालक आयो । ऊ सडकमै बस्थ्यो जस्तो लाग्छ । उसले ती वृद्धलाई हात समातेर बाटो पार गराइदियो । ‘बा काँसम्म जान लाग्नुभएको ? म केही मद्दत गर्न सक्छु कि ?’ नम्र स्वरमा उसले वृद्धलाई सोध्यो ।
‘पर्दैन बाबु, नजिकैको बृद्धाश्रममा बस्छु ।‘ वृद्धले खुसी हुँदै दुई हात जोडेर धन्यवाद दिए । तर, उसले त्यो धन्यवाद अस्विकार गर्दै भन्यो, “किन धन्यवाद भन्नुभएको बा ? म त तपाईँको छोरा जस्तै हुँ । यो त मेरो धर्म, कर्तव्य र भाग्य हो ।” त्यसपछि पेटीमा फालिएका फोहोर सङ्कलन गर्दै अघि बढ्यो । वृद्ध बाका आँखा आत्मियताले रसाए। त्यो देखेर रमेशलाई हीनताबोध भयो । उसले मनमनै सोच्यो ‘फोहोर बोक्ने अनपढ र गरिब केटो यति संयमित र सहयोगी तर म त पढेर पनि अनपढ भएछु। म केबल किताबले भरिएको झोला बोक्ने भरिया रहेछु, भरिया ।‘ केही छिनपछि वृद्ध बाको कमिजबाट तस्बिरहरूको सँगालो जस्तो देखिने डायरी झर्यो । रमेशल त्यो देखेर ‘ए! बा तपाईको सामान झर्यो” भन्दै दौडियो । तर, त्यति बेलासम्म ती वृद्ध गाडीमा चढिसकेका थिए । डायरीका तस्बिर दशकौँ पुराना जस्ता देखिन्थे।
पश्चात्तापको कारागारमा थुनिदै थियो रमेश। केही समयपछि रमेशका बुवा रमेशलाई लिन आउनुभयो । उसले बुवालाई सबै कुरा भन्यो । बुवाले रातो मुख लाउँदै भन्नुभयो “छोड्देऊ बेटा त्यस्ता कुरा । तिमीले त पढाइमा मात्र ध्यान दिने हो।”
घर पुगेपछि बुवालाई झोलाबाट निकालेर त्यो डायरी देखायो । डायरीका तस्बिर देख्नासाथ बुवा छानाबाट झरे जस्तो हुनुभयो । छोराले सोध्यो बा, “किन टोलाउनुभएको, केही बोल्नुस् न।” तर, बुवा केही बोल्नुभएन ।
उसले आमालाई सोध्यो “ममी बुवा यो तस्बिर देखेर किन टोलाउनु भएको?”
‘कँहा पायौ बाबु तिमीले यो तस्बिर?’ आमाले सोध्नुभयो।
रमेशले भन्यो “सडकको पेटीमा एउटा बुढा बाको पकेटबाट झरेको रहेछ। आमाले भावुकताका आँसु खसाल्दै तस्बिर उठाउनुभयो र भन्नुभयो, “उहाँ त तिम्रो हजुरबुबा हुनुहुन्छ बाबु।” रमेशलाई असाध्यै पश्चात्ताप महसुस भयो ।
लेखकको सम्वन्धमा
सन्तोष जैसी
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सन्दिग्ध
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
सन्दिग्ध
२०८१ माघ ६
लेखकको सम्वन्धमा